Thursday, March 28
Shadow

Tag: खुसी र सुखी जीवन

‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’

ब्यानर समाचार 2
मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिकीकरण कार्यक्रममा उहाँले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भन्नुभयो । प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो “भौतिक विकासमात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकाको मूल लक्ष्य हुनुपर्छ ।” मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उहाँको भनाइ थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्य...