Thursday, May 2
Shadow

Tag: कोरोना सङ्क्रमित

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

अन्तर्राष्ट्रिय, स्वास्थ्य
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० ...