Tuesday, April 23
Shadow

Tag: कोरोना भाइरसविरुद्ध

चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १९। चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।...