Friday, March 29
Shadow

Tag: कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

कोरोनाविरुद्धको खोप अभियान हालका लागि स्थगित, यस कारण गरियो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , चैत ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको ९आईसीएस० बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताए । अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार ९हिजो०...
१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

१ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागनु १९ । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् । प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर ४ सय ८२ जनाले खोप लगाएको सिभिल अस्पताल खोप केन्द्रले जनाएको छ । बुधबार १ सय ६५ सांसद् र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी ३ सय १७ जनाले खोप लगाएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद् छन् ।...
कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन १० । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ। दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन। नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेप...
आठ मुलुकका राष्ट्र-सरकार प्रमुखले लगाए चिनियाँ खोप

आठ मुलुकका राष्ट्र-सरकार प्रमुखले लगाए चिनियाँ खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन ८ । चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् । प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरुको विवरण प्राप्त भएको जानकारी दिए । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेनन् । सञ्चार माध्यमहरुमा आएका विवरणहरूमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनहरुले प्रयोग गर्नु भएको उल्लेख गरिएको उनले बताए । खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ । उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गर...