Friday, March 29
Shadow

Tag: कोरोनाविरुद्धको खोप अभियान

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले पहिलो चरणको खोप अभियानमा अवाञ्छित घटना नभएको दाबी गरेका छन् । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका थिए । नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेक...