Thursday, March 28
Shadow

Tag: कोरोनाबाट

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो । बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ । यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् । दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।...