Thursday, April 25
Shadow

Tag: कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

ब्यानर समाचार 2
नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाण्डाैकाे कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडक खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ । आइल्यान्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडक खण्ड झिलिमिली बनेको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने झन्डै चार सय ५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ । काठमाण्डाै महानगरपालिका, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीकाे महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा ...