Friday, April 26
Shadow

Tag: काेराेना

पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

समाचार, स्वास्थ्य
काठमाण्डाै, असोज १९ पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ । अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक...
काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर २१ कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् । कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् । नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्रा...