Friday, April 26
Shadow

Tag: काठमाण्डौं बाट बाहिरिने

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

काठमाण्डौं बाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढ्दो

मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज २३ दशै, तिहार तथा छठ पर्व लगायतका चाडपर्वहरु नजिकिदै गर्दा रोजगारी अथवा अध्ययनको शिलसिलामा काठमाण्डौं आउनेहरु चाडपर्वमा आफ्नो परिवार सँग समय विताउन र रमाइलो गर्न आ आफ्नो घर तथा गाउँ जाने गर्दछन् । आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउने हर्ष र उल्लासले गाउँ जानेहरुको मात्रा नयाँ बसपार्क, पुरानो बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा विहानैदेखि यात्रुहरुको भिडभाड देखिएको छ । दशैमा राजधानीबाट आफ्नो गाउँ जाने कतिपय यात्रुले टिकट नपाउँदा अलपत्र परेको देखिएको छ भने कतिपयले महंगो भाडा तिरेर भएपनि गन्तब्यमा पुग्न बाध्य भएका छन् । दशैको अष्टमी सम्म राजधानी बाट बाहिर जानेहरुको चाप कायमै रहिरहने छ । विगतका बर्षहरु झै यस बर्षको चाडपर्व धुमधाम र भिडभाडका साथ मनाउन नसकिने अवस्था रहेको छ । कोभिड १९ अथवा कोरोना भाइरसका कारण जनस्वास्थ्य लाइ विशेष ख्याल राख्दै चाडपर्व मनाउनुपर्ने बाध्यत...