Tuesday, April 23
Shadow

Tag: काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । चाडपर्वको समयमा देशको  राजधानी काठमाडौँको लाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न...