Saturday, April 27
Shadow

Tag: कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको थियो भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो । उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ । प्र...