Thursday, April 25
Shadow

Tag: कसरी दिइन्छ अंक ?

असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

असोजदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, कसरी दिइन्छ अंक ?

ब्यानर समाचार 2, समाचार
बागमती प्रदेशले आगामी असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।असोज १ गतेदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्ने तयारी गरिरहेको श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए। ‘अहिलेसम्म बागमती प्रदेशका कुनै पनि यातायात कार्यालयमा नयाँ व्यवस्था लागू हुन सकेको छैन। लागू गर्न प्रदेश सरकारले काम गरिरहेको छ,’ उनले भने।यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन्। कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए।पछिल्लो समय भ...