Friday, April 26
Shadow

Tag: ओली र चिनियाँ नेता ली चान्शुबीच शिष्टाचार भेट

ओली र चिनियाँ नेता ली चान्शुबीच शिष्टाचार भेट

ओली र चिनियाँ नेता ली चान्शुबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच  भएको शिष्टाचार  भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुग्नुभएको हो । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष लीले प्रधानमन्त्री शेरबहाद...