Saturday, April 20
Shadow

Tag: ओली ज्यू

नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाइजात्रा ?’

नागरिक आन्दोलनको प्रश्न, ‘ओली ज्यू, संवृद्धिको यात्रा कि गाइजात्रा ?’

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, पुष ११ प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । संसद विघटनलाई प्रतिगामी कदमको संज्ञा दिँदै आन्दोलनले मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक, पूर्व सम्पादक, साहित्यकार, रंगकर्मी, सामाजिक अभियन्तालगायत उपस्थित थिए । युग पाठक, मोहना अन्सारी, नारायण वाग्लेलगायतका वक्ताले संविधानमा व्यवस्था नभएको कुन अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो भन्ने प्रश्न गरेका छन् । संवृद्धिको यात्राको लागि गठन भएको सरकारले गाइजात्रा देखाएको भन्दै प्रदर्शनकारीले व्यङ्ग्य पनि गरेका छन् । प्रधानमन्त्री ओलीको कदमले प्रतिगामीलाई फाइदा पुगेकाले संसद उहाँको लोकतन्त्रमाथिको सोचाइमाथि नै प्रश्न उठेको वक्ताहरुको भनाइ छ । सरकारको कदमविरुद्ध आन्दोलन जारी राख्ने वृहत नागरिक आन्दोलनले जनाएको छ।...