Friday, April 26
Shadow

Tag: ओलीको आग्रह

अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

अन्तरविरोध थप नचर्काउन प्रचण्डलाई ओलीको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, मंसिर २५ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र समीकरण बनाएर अन्तरविरोध थप नचर्काउन अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। पूर्वपार्टीभित्र रहेको अन्तरविरोधमा खेलेर समीकरण बनाउने, सरकार र पार्टीलाई अप्ठ्यारो पार्ने काममा नलाग्न ओलीले दाहालसँग आग्रह गरेका हुन्। नेकपाका यी दुई अध्यक्षबीच शक्ति संर्घष चर्किरहेका बेला बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घण्टा छलफल भएको थियो। यी दुई नेताबीच कात्तिक २५ यता खास छलफल भएको थिएन। यसअघि मंसिर २० मा बल्ल आधा घण्टा संवाद भएको थियो। ओलीले बुधबारको भेटमा दुई नेता मिलेर पार्टी एकताको हिम्मतिलो निर्णय लिएको स्मरण गराए। उनले दुई नेताले महाधिवेशनसम्म सहमतिका साथ नै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। पार्टी बैठकको एजेन्डा दुई अध्यक्षको सहमतिमा तय गर्ने, त्यसलाई महासचिवले कार्यसूचीमा राख्ने र छलफल गर्ने, सहमति नभ...