Wednesday, April 24
Shadow

Tag: एसईई

एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , फागनु २६ । वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । जेठ १३ गते अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ भने जेठ १६ गते अनिवार्य गणितको परीक्षा हुनेछ । जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ भने सोही दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने बोर्डले समय तालिका सार्वजनिक गरेको छ । २१ देखि २४ गतेसम्...
यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौ , माघ २८ । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ । सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए  ।...