Thursday, April 25
Shadow

Tag: एक्मी इञ्जिनियरिङ कलेज

लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

लकडाउनको शुल्क घटाउन माग गरेका बिद्यार्थी माथी एक्मि इन्जिनियरिङ कलेजको ज्याजती

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । फागुन २ । काठमाडौंको सितापाइलास्थित एक्मी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले लगाएको ताला प्रशासनले फोरेको छ । तालाफोरेपछि अहिले त्यहाँको स्थिति तनावमय बनेको छ । अनलाइन कक्षाको ३० प्रतिशत मिनाहा गर्नुपर्ने माग राख्दै अनेरास्ववियूले एक साताअघि उक्त कलेजमा तालाबन्दी गरेको थियो । विद्यार्थीसँग परामर्श नगरी प्रहरी लगाएर कलेज व्यवस्थापनले ताला फोरेपछि विद्यार्थी आक्रोसित भएका हुन् । आक्रोसित विद्यार्थीले आइतबार बिहान कलेजमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा कलेजका झ्यालका सिसा समेत तोडफोड भएको छ । यता विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कलेजबाट प्रकाश श्रेष्ठ, हिक्मत मल्ल, बिनोद दाहाल, जिबस खनाल, आशिष् जैसवाल , हिलेन अधिकारी ,बिमल शाही पक्राउ परेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिए । कलेज व्यवस्थापनले विद्यार्थीसँग छलफल गरेर निकास न...