Wednesday, April 24
Shadow

Tag: उर्लाबारी युवक मृत्यु प्रकरण :

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि पनि अनुसन्धान सुरु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । बुधवार जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा १५ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको जानकारी दिइएको हो । प्रहरीको अनुसन्धानमा नै प्रभावित पार्ने तथा शान्ति सुरक्षामा नै असर गर्ने गरी सामाजिक सञ्जालमा गलत प्रचार भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । भिसेरा रिपोर्ट आउन ढिला भएको तथा पक्राउ गरिएको २५ दिन पुगिसकेको अवस्थामा मात्र पक्राउ परेका...