Friday, April 26
Shadow

Tag: उपत्यका

उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण देखिएको छ । योसँगै सकेसम्म घर बाहिर ननिस्कन नागरिकलाई सरकारले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्यधिक बढेको जनाएको हो । मंगलवार काठमाडौं उपत्यकाको वायुमा प्रदुषणको मात्रा विश्वका ५० सहरमध्ये सबैभन्दा धेरै मापन गरिएको छ । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अद्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स ४०२ छ । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ । मौसम परिवर्तनका कारण काठमाडौंमा वायु प्रदुषण बढेको वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले बताउनुभयो । वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा, दीर्घ र...