Thursday, April 25
Shadow

Tag: उत्तरगङ्गा जलाशययुक्त आयोजना

प्रतिनिधिसभामा सांसदको जिज्ञासा : उत्तरगङ्गा जलाशययुक्त आयोजना

ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभाको आजको बैठकमा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ । सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् । त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । सांसद डिला सङ्ग्रौला पन्तले संसद्को पाँच व...