उखुमा रेडरड रोगको समस्या
बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिनुभयो ।
“किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उहाँले भन्नुभयो, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो”, शाखा प्रमुख भट्टले भन्नुभयो, “यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको...