Tuesday, April 23
Shadow

Tag: ई–रिक्सा

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ । साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १...