Friday, April 26
Shadow

Tag: आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौ, मंसिर २३ विश्वका दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मंगलबार राति आमने–सामने हुँदै छन्।बेग्र प्रतिक्षापछि दुई वर्षमा पहिलोपटक यी दुई स्टारलाई एकै मैदानमा हेर्न पाइने भएको हो। च्याम्पियन्स लिगको समूह जीको अन्तिम ग्रुप स्टेज खेलमा बार्सिलोना र युभेन्ट्सबीच आज राति प्रतिस्पर्धा हुन लागेको हो।खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरुवात हुनेछ। बार्साको तर्फबाट मेस्सी र युभेन्ट्सको तर्फबाट रोनाल्डोलाई फुटबल मैदानमा लोमो समयपछि आज देख्न पाइनेछ।समूह जीको अंक तालिका अनुसार बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलमा १२ अंक बनाएको छ। डाइनामो किभ र फेरेन्कभारोसको समान एक–एक अंक छ। अन्तिम खेल मात्र बाँकी भएकाले अब बार्सा र युभेनट्स प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्।सन् २०१८ मा रोनाल्डो य...