Friday, April 19
Shadow

Tag: आफ्नै घरमा बन्धक

आफ्नै घरमा बन्धक , निलम्बित प्रधानन्यायाधीश राणा

आफ्नै घरमा बन्धक , निलम्बित प्रधानन्यायाधीश राणा

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- आइतबार सर्वोच्च अदालत जाने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू निवासमै रोकिनुपरेको बताएका छन्। निलम्बित प्रधानन्यायाधीश राणाले भन्नुभयो, 'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।' राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो। महाभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो। प्रतिनिधि सभा नै नरहेपछि महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने बुझाइका साथ राणा सर्वोच्च जाने तयारीमा थिए। त्यसका लागि उनले सर्वोच्चमा सूचना पनि पठाइसकेका थिए। तर, आइतबारको उनको प्रयास भने सफल हुन सके...