Tuesday, May 7
Shadow

Tag: आज ज्येष्ठ नागरिक दिवस : राष्ट्रपति भण्डारी द्वारा शुभकामना

आज ज्येष्ठ नागरिक दिवस : राष्ट्रपति भण्डारी द्वारा शुभकामना

आज ज्येष्ठ नागरिक दिवस : राष्ट्रपति भण्डारी द्वारा शुभकामना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास छ । यसैगरी  ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरुप्रति सम्मान गर्नुपर्ने बताउनुभएको छ । ज्येष्...