Tuesday, April 16
Shadow

Tag: आङ्बो

नेकपा विवाद असर :  प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

नेकपा विवाद असर : प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यता आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।...