Friday, April 19
Shadow

Tag: आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ६७  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियु र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियुमा जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेरमा उपचाररत रहेका छन्।...