Friday, March 29
Shadow

Tag: अर्जेन्टिना

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको ...

फिफा विश्वकप : अर्जेन्टिना सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो । ...