अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु
काठमाडौँ , पुस २३ । अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको वाशिंटन डिसीमा स्थित संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यु लगाइएको हो ।
संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए ।
ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो ।
प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृ...
