Thursday, March 28
Shadow

Tag: अग्नि खरेल

अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

ब्यानर समाचार, समाचार
काठमाडौं, चैत ६ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नेछिन ।बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत छन् । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।  ...