Saturday, April 27
Shadow

Tag: हत्या

कङ्गोमा लडाकु समूहद्वारा एक एक गरी २५ जनाको हत्या

कङ्गोमा लडाकु समूहद्वारा एक एक गरी २५ जनाको हत्या

अन्तरवार्ता, मुख्य समाचार
काठमाडौं, पुस १८ । कङ्गोमा लडाकु समूहले २५ जनाको हत्या गरेको छ । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको यो घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका हुन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन् ।...
रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । रुकुम ९पश्चिम०मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । ३९ वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् । घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५।१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए । त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्प...