
यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति
काठमाडौँ, माघ ९ । मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल रअसफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ ।
सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । म...