
सशस्त्र प्रहरीलाई थप जिम्मेवारी : यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाण्डौं, पुष १८
सरकारले रेल्वे सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने निर्णय गरेको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
पुस १० र पुस १५ मा बसेको मन्त्रपरिषद्को निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् ।
यस्ता छन् निर्णयहरुः
रक्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ट सामान्य प्रशासन श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय...