
एकसाथ मिलाएर खान हुँदैन यी ५ फलफूल, के- के हुन त ?
काठमाडौं । हरेक फलफूलको सेवन स्वास्थ्यकालागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । तर कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन ।
यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षती पुर्याउँछ । के के हुन् त्यस्ता फलफूल रु
१. दुध र सुन्तला
सुन्तला वा सुन्तलाको जुससँग दुध एवम् दुधजन्य परिकार मिलाएर खानु स्वास्थ्यकालागि हानिकार हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ ।
२. अम्बा र केरा
अम्बाको सेवन स्वास्थ्यकालागी लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ ।
३. मेवा र कागती
कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस...