Wednesday, November 25
Shadow

Month: November 2026

कृष्णानगर नगर प्रमुखमा रितेश शर्मा आकांक्षी

कृष्णानगर नगर प्रमुखमा रितेश शर्मा आकांक्षी

ब्यानर समाचार 2, समाचार
कृष्णानगर, कपिलवस्तु,  मंसिर ७ कृष्णानगर नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुख (मेयर) पदका लागि स्वच्छ छवि भएका युवा नेता रितेश शर्माको नाम चर्चामा आउन थालेको छ। लामो समयदेखि सामाजिक काम, जनतासँगको प्रत्यक्ष सम्पर्क र सरल व्यवहारका कारण शर्मालाई नगरवासीले आशा र भरोसाका साथ हेरिरहेका छन्। शर्मा निकट स्रोतका अनुसार उनले कृष्णानगरलाई स्वच्छ, व्यवस्थित, पारदर्शी र विकासोन्मुख नगर बनाउने एजेन्डासहित नगर प्रमुखमा आकांक्षा राखेका हुन्। उनका प्रमुख एजेन्डाहरू यस्ता छन् भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिका,सडक, ढल, खानेपानी र सरसफाइमा सुधार ,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता, युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने,बजार व्यवस्थापन र छाडा चौपाया नियन्त्रण,सबै जात, धर्म र समुदायलाई समेट्ने समावेशी विकास गर्ने उहांले प्रतिबद्धता जनाएका छन्। स्थानीयवासी भन्छन्, “रितेश शर्म...
कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, कार्तिक २९ सांस्कृतिक एकताको पर्व भनेर छठ पर्वको छुट्टै पहिचान छ। मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। देशका अधिकांश जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वका रुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाईने गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो। देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन हुने छ। जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले आइतवार साँझ सूर्यलाई अर्घ्य द...
मेयर प्रत्याशी इन्जिनियर दिनेश जयसवाल द्वारा छठ पर्वको शुभकामना व्यक्त 

मेयर प्रत्याशी इन्जिनियर दिनेश जयसवाल द्वारा छठ पर्वको शुभकामना व्यक्त 

समाचार
कपिलवस्तु, कार्तिक २५ कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका मेयर प्रत्याशी तथा समाजसेवी युवा नेता इन्जिनियर दिनेश कुमार जयसवालले हिन्दु धर्मावलम्बीहरूको महान् आस्था र लोकआस्थाको पर्व छठ पूजाको पावन अवसरमा सम्पूर्ण देशवासी तथा छठ व्रतालुहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। मेयर प्रत्याशी इन्जिनियर दिनेश कुमार जायसवालले छठ पर्वले समाजमा आपसी एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै देशमा शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको कामना गरेका छन्। उनले श्रद्धा, निष्ठा र पवित्रताका साथ मनाइने यस पर्वले सम्पूर्ण नेपालीबीच एकता र सद्भाव कायम राख्न प्रेरणा दिने बताएका छन्। मेयर प्रत्याशी इन्जिनियर जयसवालले छठ पर्वको  पवित्र भावना र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, स्वास्थ्य, उन्नति र समृद...