Friday, September 11
Shadow

Month: July 2026

११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क

११ लाख घरधुरीको विश्वास जित्दै वर्ल्डलिङ्क

ब्यानर समाचार 2, समाचार
  काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले देशभर ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै नयाँ ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत ११ लाख घरधुरीको विश्वास, साथ र निरन्तर सहयोगकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीका अनुसार यो उपलब्धि केवल वर्ल्डलिङ्कको मात्र नभई डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउने लाखौँ नेपाली सेवाग्राहीको साझा सफलता हो। सन् १९९५ मा अत्यन्तै सामान्य सुरुवातबाट यात्रा थालेको वर्ल्डलिङ्कले समयसँगै नेपालको इन्टरनेट सेवामा नयाँ–नयाँ प्रविधि भित्र्याउँदै आफूलाई देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीका रूपमा स्थापित गरेको छ। डायल–अप इन्टरनेटबाट सुरु भएको यात्...
रितेश शर्मामाथिको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको सांसद अभिषेक प्रताप शाहको दाबी

रितेश शर्मामाथिको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको सांसद अभिषेक प्रताप शाहको दाबी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कृष्णानगर नगरपालिका–२ मा रितेश शर्मामाथि भएको कुटपिट घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनले आफूमाथि लगाइएका आरोपहरू निराधार, भ्रामक र मनगढन्ते भएको दाबी गर्दै ती आरोपहरूको खण्डन गरेका छन्। शाहका अनुसार घटनाबारे जानकारी पाएपछि उनी एक जिम्मेवार जनप्रतिनिधिको हैसियतले घटनास्थलमा पुगेर झगडा रोक्न बीच–बचाउमा खटिएका थिए। उनले कुटपिटमा संलग्न युवाहरूलाई सम्झाइबुझाइ गरेर त्यहाँबाट हटाएको र क्षेत्रको शान्ति कायम गर्ने प्रयास गरेको दाबी गरेका छन्। तर, आफ्नो यही भूमिकालाई केही व्यक्तिले नियोजित रूपमा गलत ढंगले प्रस्तुत गरी आफूलाई विवादमा तान्ने प्रयास गरेको उनको भनाइ छ। विज्ञप्तिमा शाहले रितेश शर्मासँग विगतदेखि राजनीतिक मतभेद रहेको उल्लेख गर्दै गत निर्वाचनका क्रममा समेत आफ्न...