Thursday, April 23
Shadow

Month: March 2026

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

ब्यानर समाचार, समाचार
अजय मिश्र, कपिलवस्तु चैत्र ४ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय  कृष्णानगरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णानगरले गर्मीमा धुलो उड्ने डिउटी गर्दा राम्रो होस भन्ने मन्सायले कृष्णानगर तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग साट्ठी भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको “निःशुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको तथा नौ जना लाई निःशुल्क चश्मा र आवश्यक अनुसार अन्यलाई आइ ड्राप वितरण भएको जानकारी प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले दिएका छन्।कार्यक्रम...
अभिषेक शाहको कृष्णानगरमा उत्साहजनक घरदैलो

अभिषेक शाहको कृष्णानगरमा उत्साहजनक घरदैलो

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फागुन १७ नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले कपिलवस्तु ३ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरे। उनी लामो समय देखि राजनीति गर्दै आएको तथा उनलाई युवा, महिला, किसान तथा क्षेत्रका जनताको वृहत समर्थन पाएको देखेर विपक्षी खेमामा हलचल मचेको नेपाली कांग्रेस समर्थक हरूले बताएका छन्। जनतासँग सिधा संवाद गर्दै शाहले आफू चुनावका बेला मात्र देखिने...