Thursday, April 23
Shadow

Month: September 2025

कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको बताए। यस कक्षले चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई सुरक्षित र सहज यात्राको वातावरण प्रदान गर्नेछ। साथै, इलाका प्रहरी कार्यालय कृष्णनगरले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन चार जना प्रहरीलाई बाइकसहित परिचालन गरेको जानकारी दिएको छ। यी प्रहरीहरू चाडपर्वका बेला सुरक्षा सुनिश्चित गर्न निरन्...
सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

ब्यानर समाचार 2, समाचार
कृष्णानगर, असोज ५ कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ। कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डममा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान गरि कुल जम्मा दुई लाख ६१ हजार बराबरको कपडा पक्राउ गरेको छ। पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।...