Thursday, April 23
Shadow

Month: July 2025

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

समाचार
कपिलवस्तु, अषाढ २५   मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कपिलवस्तुका खेलाडी रौनक श्री वास्तवलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। छुट्टा छुट्टै कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगरको गोलघरमा सम्मान तथा स्वागत गरेको छ। त्यस्तै नेपाल हज कमिटी सदस्य तथा पूर्व क्रिकेटर मिर्जा राशिद बेग सहितको टोलीले समेत आज एक कार्यक्रम बिच गृह नगरको नाम विश्व सामु चिनाउन सफल रहेका रौनक श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्। । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।   कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको...
लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु अषाढ २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार बेलुका साढ़े छ बजे तिर संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनी बस्ने २० बर्षको कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता...
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ । परिवर्तन अभियान नेपालले शनिबार राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन् । सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीलको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए । उनका अनुसार ४ जीपीए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस...