Thursday, April 23
Shadow

Month: October 2024

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कपिलवस्तु, १५ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आए देखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्ति हरू पक्राउ गरि मुद्दा चलाएका छन्। उहाँ आए देखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवी हरू बताउछन्। सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट ख...
कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

मुख्य समाचार
  कृष्णनगर (कपिलवस्तु) १४ कार्तिक कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ३२ वर्षीय लवकुश भुजलाई १ सय ५१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले भुजको कोठामा लुकाइ राखिएको चार थान तराजु र दुई थान मोबाइल बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ब्राउन सुगर खरिद गर्न आएका थप दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । जिल्लाको बुद्धभुमी नगरपालिका २ बस्ने वर्ष २८ का महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने वर्ष २४ का बिपुल थारु पक्राउ परेका छन । उनिहरुको साथबाट रु ९०,००० नगद र एक थान मोबाइल फेला ...
जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन

जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, कार्तिक १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन भएका छन्। आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमामा शिक्षा प्रेमी प्रहलाद पाण्डेयले विद्यालय व्यवस्थापन समिति गठन प्रकृयाका बारेमा अभिभावक माझ प्रष्ट पार्नुभयो। कार्यक्रममा बोल्दै सोही विद्यालयका विद्यार्थिका अभिभावक साजिद अलिले नसरूल्लाह खां यस अघि पनि यस विद्यालयका लागि शौचालय व्यवस्थापन, भौतिक संरचना निर्माण, शैक्षिक व्यवस्थापन लगायत अन्य विद्यालयको विकासका लागि राम्रो काम गरि विद्यालय प्रति वफादारी गरेको बताए। अध्यक्षमा नसरूल्लाह खां, सदस्यमा निसार अहमद फारूकी, आसिफ अन्सारी महिला सदस्यमा कमरून निसा, नसरीन बानो, रूविना खां, लगायत सर्वसम्मतिमा चयन गरिएको...
शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गर्न प्रजिअ अर्याल तथा नगर प्रमुख शाहको आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार
   कृष्णनगर, कार्तिक १३ कपिलवस्तुक   प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उहाले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो । प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो । तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो ।...
मनिष गुप्ताके अध्यक्षतामे एघारा सदस्यि अवधी पत्रकार संघ कपिलवस्तु चयन

मनिष गुप्ताके अध्यक्षतामे एघारा सदस्यि अवधी पत्रकार संघ कपिलवस्तु चयन

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु, कार्तिक १० अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै तिसरा जिल्ला अधिवेशन कपिलवस्तु नगरपालिकाकै सभा हल महिया सम्पन्न भवा। अवधी पत्रकार संघ नेपाल कपिलवस्तुकै अध्यक्ष निरहु यादवकै अध्यक्षता अव प्रमुख अतिथिमे पूर्व मंत्री एवम् प्रतिनिधि शभा सदस्य सुरेन्द्र राज अचार्य रहे। कार्यक्रमकै उद्घाटन सत्रकै उद्घाटन प्रमुख अतिथि अचार्य बैनर पढिकै किहान रहा। कार्यक्रममे अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकै उपाध्यक्ष अनेक पाण्डेय स्वागत मनत्वय रखिन रहा। कार्यक्रममे बोलत प्रमुख अतिथि अचार्य आपन आपन भाषाकै संरक्षण करक सबकै अधिकार होय अव आपन आपन भाषा सबकै प्रिय रहतहै बतावत कर्यक्रम सफलताकै शुभकामना भि दिहिन।   जिल्ला अधिवेशनसे नयाँ जिल्ला कार्यसमिति चयन भवा जवनेम अध्यक्ष, मनिष गुप्ता, उपाध्यक्ष अजय साहनी, सविता गुप्ता, सचिवमे वृजेश यादव, सह सचिवमे राज कुमार स...
प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

समाचार
  कृष्णनगर, कार्तिक ६ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्। संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरि आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्र सहित सम्मानित भएका छन्। प्रशांत पत्र पाएकाले कृष्णनगरका स्थानीय हरुले प्रहरी निरिक्षक सुरज खत्रीले गरेको राम्रो कामको उचित मूल्यांकन गर्दे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको राम्रो कदम रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रह...
स्रोत नखुलेको बीस लाख पचास हजार भारतिय पैसा सहित मानिस कपिलवस्तु बाट पक्राउ

स्रोत नखुलेको बीस लाख पचास हजार भारतिय पैसा सहित मानिस कपिलवस्तु बाट पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
  कपिलवस्तु, कार्तिक ६ कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो। सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको UP45AS6663 र UP42DT5721 नं.का भाडाका गाडिहरु चेकजाँच गर्दा UP45AS6663 नं.को गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भा.रु.८,००,०००।- आठ लाख रहेको थियो। अर्को UP42DT5721 नं.को भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भा.रु.१२,५०,०००।- बारा लाख पचास हजार...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा तीन हजार अबैध चल्ला नष्ट

सशस्त्र प्रहरी कृष्णनगर द्वारा तीन हजार अबैध चल्ला नष्ट

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कार्तिक ६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारत बाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए। उक्त कुखुराको चल्ला नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कमपाउंड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध...
सहकार्य र सहयोग गरेको प्रति आभार  व्यक्त :-  मौलाना मशहूद

सहकार्य र सहयोग गरेको प्रति आभार  व्यक्त :-  मौलाना मशहूद

ब्यानर समाचार 2, मुख्य समाचार
  कपिलवस्तु, कार्तिक ५ आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ। मौलाना मशहूद खां नेपाली करिब २६ महिना देखि लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष भएर काम गर्दै मदरसा शिक्षा व्यवस्थापनमा राम्रो पहल गर्दै आएको मदरसाका मौलाना हरू बताउछन्। हाम्रो टीमले उपाध्यक्ष मौलाना मशहूद खां संग कुरा गर्दा उहाँले मलाई नेकपा माओवादी केन्द्र पार्टी सरकारमा हुदाँ मदरसाको व्यवस्थापन जिम्मेदारी दिएको प्रति धन्यवाद दिदै अहिले सम्म मलाई तथा मदरसा व्यवस्थापनमा साथ र सहकार्य गरेका केन्द्रीय सरकार, लुम्बिनी प्रदेशका विभिन्न मुख्यमंत्री ज्यू, सामाजिक विकास मंत्री हरू, कर्मचारी लगायत सहयोग गर्ने सम्पूर्ण प्रति हार...
भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कपिलवस्तु , असोज २६ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्ति...