Monday, May 25
Shadow

Month: March 2022

सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

ब्यानर समाचार, मुख्य समाचार, समाज
विगत १६ बर्ष देखिको समस्या समधान नगरेको भन्दै सिसडोल बासिन्दाले फोहोरमैला बोकेर गाडीमा प्रवेशमा रोक लगाएका छन्। आज बिहान ४ बजे देखि काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी सिसडोल जान सकेका छैनन् । हाल फोहोरमैला बोकेका गाडी काठमाडौंमा नै थन्किएका छन्। १६ बर्ष पहिला नेपाल सरकारले गरेका सम्झौता कान्वयान नगरे सम्म फोहोरमैला बोकेका गाडी सिसडोल छिर्न नदिने स्थानीयको चेतावनी छ। आज बाट स्थानीय फोहोरमा राजनीति गर्ने दलालहरू होसियार , मानव रहित फोहोर ,फोहोर रहित मानव भन्दै आन्दोलित भएका छन् ।...
सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्। स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए । सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...