प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता (भिडियोसहित)
काठमाडौं, पुस २७ । । प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ।
यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका हुन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ।
चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिक...









