Saturday, May 23
Shadow

समाज

आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

आज २०७७ फागुन ८ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बृष काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ । मिथुन लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । कर्कट लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुन...
प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसद्वारा दिप प्रज्ज्वलन

समाचार, समाज
काठमाडौं, फागुन ७ । ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसले दिप प्रज्ज्वलन कार्यक्रम सप्पन्न गरेको छ। दिप प्रज्ज्वलन कार्यक्रममा विद्यार्थी नेताहरु लगायत सोही क्याम्पसमा अध्धयनरत बिद्यार्थीहरुको  उपस्थिति थियो। कार्यक्रममा विद्यार्थी नेताहरु किरण भट्टराई,जीवन राना,लक्ष्मि सिलवाल, महेश मणि पौडेल , प्रबिन गुरुङ,प्रदिप जङ्ग शाह,निरज मैदाली,सरोज पनेरु,सुल्तान मिया,असोक बम,सरोज नेपाली अशोक क्षेत्रि लगायतको उपस्थिति थियो। लामो संघर्ष पछि प्राप्त भएको प्रजातन्त्रको रक्षाको निम्ति देशका युवाहरु विशेष रुपमा लाग्नुपर्नेमा कार्यक्रममा सहभागीले जोड दिएको ने.बि. संघका विद्यार्थी नेता प्रदिप जङ्ग शाहले जानकारी दिए।...
कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

कोरोनाबाट आज तीनजनाको मृत्यु, ९७ संक्रमित थपिए

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , फागनु ७ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या दुई लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ५८३ रहेको छ । हाल आइसोलेसनमा एक हजार ५८३ र क्वारेन्टिनमा ६८ जना छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।...
प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहसनोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहसनोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ७ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिनेक्रम शुक्रबार सकिएसँगै यस मुद्धाका सबै बहस सकिएका छन् । बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० गतेसम्म बहसनोट बुझाउन आग्रह गरेका छन् ।बहसनोट बुझेपछि संबैधानिक इजलासले यस मुद्धाको फैसला दिने भएको छ । गत माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस शुरु भएको थियो । गत पुस ११ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी गत माघ २ गते आदेश भएको थियो । गत पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।अदालतका सहयोगी ९एमिकस क्युरी० मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सति...
आज पनि वर्षाको सम्भावना: यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज पनि वर्षाको सम्भावना: यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ७ । पश्चिम वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार दिउँसोसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन ०७ गते (शुक्रबार) दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने स...
आज प्रजातन्त्र दिवस! विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा

आज प्रजातन्त्र दिवस! विभिन्न कार्यक्रम गरी मनाइँदै , राजनीतिक खिचातानीले जनतामा निराशा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ७ । आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । विसं २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । तर, राणा शासनको अन्त्य भएर प्रजातन्त्र दिवस मनाइए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन । अहिले पनि हाम्रो समाजमा पछौटेपन, थिचोमिचो, विभेद, भेदभाव र कतिपय ठाउँम...
बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ७ । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ । उनका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्कि...
आज २०७७ फागुन ७ गते शुक्रबारको राशिफल

आज २०७७ फागुन ७ गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...
कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

कुरीति हटाउने अभियान शुरु गर्न राष्ट्रपतिको आह्वान

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताएकी छिन् । महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गरिन् । महिला विरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताइन् । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ...
५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुमध्ये मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो । सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्। मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।...