Friday, September 19
Shadow

समाचार

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असोज ३० विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो। अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ। विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भए...
अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराध, जिवनसैली, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज ३० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका प्रसंशनीय रहेको बताएका छन् । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् । ‘मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले नै कानूनी शासनको अनूभूति गर्न सकिनेछ । कुनैकुनै कोणबाट टिप्पणी आउनु बेग्लै कुरो हो । नेपाल प्रहरी भएर हामी ढुक्कले निदाउन पाउँछौं । आरामको निन्द्रा’, उनले भने, ‘आलोचना र टिप्पणी गर्नेहरुले पनि निदाउन पाएका छन् । प्रहरीमाथि आत्मविश्वासको सिरानी हालेर सुत्न पाएका छौं ।’ उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् । ‘आगामी दिन चुनौतीपूर्ण रहेको छ...
मनतातो पानी पिउनुका फाइदा

मनतातो पानी पिउनुका फाइदा

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज, स्वास्थ्य
हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन। साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ । यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ । स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ । – मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि ...
नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

नयाँ स्मार्टफोन खरिद गर्ने बिचारमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

अचम्मका कुरा, आर्थिक, जिवनसैली, टिप्स, समाचार, समाज, सुचना प्रविधि
स्मार्टफोन बजारमा प्रायः हरेक दिन नयाँ नयाँ स्मार्टफोन सार्वजनिक भइरहेका हुन्छन् । स्मार्टफोनबीचको प्रतिस्पर्धा बढिरहँदा सँगसँगै ग्राहकलाई आफ्ना लागि उपयुक्त स्मार्टफोन छनौट गर्न निकै दुविधा भइरहेको हुन्छ । किन भने बजारमा आउने हरेक नयाँ स्मार्टफोन कुनै न कुनै हिसाबले उत्कृष्ट हुन्छ । नयाँ स्मार्टफोन खरिद गर्नु अघि तपाईंमा उत्पन्न हुने दुविधा दूर गर्न आज हामी तपाईंलाई केही टिप्स दिँदैछौं । यस्तोमा तपाईंले केही कुरामा ध्यान दिनु भयो भने स्मार्टफोन खरिद गरिसकेपछि निराश हुनुपर्ने छैन । सुरुमा आफ्नो बजेट तय गर्नुहोस् नयाँ स्मार्टफोन खरिद गर्नुअघि तपाईं कति मूल्यको स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ, सबैभन्दा पहिले आफ्नो बजेट तय गर्नुहोस् । किन भने बजारमा तपाईंले कम मूल्यदेखि प्रिमियम रेञ्जसम्मका स्मार्टफोन सहजै फेला पार्न सक्नुहुन्छ । यदि तपाईंले यसरी सुरुमै बजेट तय गर्नुभयो भने...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

खाली सिलिण्डरको नयाँ मूल्य २१ सय

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २८ नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई हजार एक सय रुपैयाँ बुधबारबाट लागू भएको छ। यसअघि संघले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो। तर, बुधबारबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिएता पनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलि...
कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए । उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ । एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्‍ने (व्यारेक)मा प्र...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...
नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ। आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।...
सुनको मुल्य तोलामा ६ सयले घट्यो

सुनको मुल्य तोलामा ६ सयले घट्यो

आर्थिक, समाचार
काठमाण्डौँ, असोज २८ बुधबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...