कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
कपिलवस्तु, माघ १७
कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत र तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बाणगंगा नगरपालिका–४, मा आयोजित कार्यक्रममा खेलकुद सप्ताहमा प्रथम, द्वितीय र तृतीय हुन सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए।
२०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २८ वर्षको सफल यात्रा पूरा गरिसकेको छ। प्रतिष्ठानमा हाल एच.ए., फार्मेसी, फिजियोथेरापी, ल्याब टेक्निसियन र अमिन विषयको अध्यापन हुने गरेको छ। प्रतिष्ठानले यस अवधिमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी स्वास्थ्य र प्राविधिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
कार्यक्रममा नयाँ विद्...









