Thursday, October 30
Shadow

मुख्य समाचार

भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कपिलवस्तु , असोज २६ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्ति...
कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड

कृष्णनगरमा समन्वय बैठक :- धार्मिक सहिष्णुता कायम गर्नुपर्ने सरोकारवालाको जोड

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र,कपिलवस्तु, असोज २२ जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष विश्व प्रकाश अर्यालको अध्यक्षतामा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा पूर्व मंत्री, ईश्वर दयाल मिश्र, पूर्व सांसद अभिषेक प्रताप शाह, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिका प्रमुख अजय थापा, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, अकिल मियाँ, अहसान अहमद खां, मिर्जा राशिद लगायत अन्य अतिथिका रूपमा रहेका थिए। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले सुरक्षा सम्ब...
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ३० नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्। जिल्ला , प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा अन्य लाई बचाएर अरु जस्को पहुँच कम भएका तथा पत्रकारिता रूपमा सक्रिय रहे पनि शुद्धिकरणका नाममा उनीहरूको नाम हटाइएको छ। केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो। तर त्यो अभियान भने सोझा साझा र माथिल्लो निकायमा पहुच न भएको लाई मात्र लागु हुने जस्तो मात्र सिमित रहेको कपिलवस्तुका एक जना सक्रिय पत्रकारले बताएका छन्। साथै पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियान लाई लजास्पद बनाइएको घटना बाहि...
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र/कपिलवस्तु, भाद्र २८ कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र हुदै ज...
लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

मुख्य समाचार
कपिलवस्तु, कृष्णनगर २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्। भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद ...
सिपमुलक शिक्षा, आजको आवश्यकता  – अध्यक्ष पाण्डेय

सिपमुलक शिक्षा, आजको आवश्यकता – अध्यक्ष पाण्डेय

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र २४ कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए । कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए ...
मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ । कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका  विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो । किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएक...
लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन्। सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारत बाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ।...
शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, भाद्र १६ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा शान्ति  पुनर्स्थापना गृह परिवार कपिलवस्तुले शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं २ को परदेशी होटलको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन। शान्ति पुनर्स्थापना गृहकी शुशिला खनालले स्वागत मन्तव्य राख्नुभयो।   शान्ति पुनः स्थापना गृहका  राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, प्रहरी वरिष्ठ नायब निरिक्षक सुमन खरेल, प्रहरी बरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, कृष्णनगर नगरपालिका महि...
कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

कृष्णनगरमा तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर, भाद्र १४ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा सुपा देउराली महिला समूह कृष्णनगरको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन्। प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, सुमन खरेल, महेन्द्र पोखरेल, वृजेश कुमार गुप्ता, आशिष कौशल, धिरेन्द्र सिंह, केशर विश्वकर्मा, भूमि भट्टराई, संजय कुमार गुप्ता लगायत,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिध...