तार्केश्वर नगरपालिकाले मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने
काठमाडौँ — तार्केश्वर नगरपालिकाले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि आयोजना गर्ने भएको छ । ५३ विद्यालयका ३ हजार ४ सय ५४ विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुने बिषयमा शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तार्केश्वर - ६, पैयाँटारस्थित सन फ्लावर एकेडेमीमा तेक्वान्दो खेलाइनेछ भने बास्केटबल तार्केश्वर–१०, मनमैंजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तार्केश्वर–१० स्थित जीफोर ब्याडमिन्टन हल र टेबलटेनिस तार्केश्वर–४ स्थित सिर्जना ज्ञानसागर स्कुलमा खेलाइने छ ।
फुटबल, भलिबल र कबड्डी तार्केश्वर–९, मनमैंजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित एपीएफको मुख्यालय तथा कराते र उसु तार्केश्वर–९ स्थित अजिमा कभर्डहलमा हुनेछ ।
आयोजक नगरप...









