Saturday, September 5
Shadow

ब्यानर समाचार 2

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

भारतका गौतम अडानी विश्वकै दोश्रो धनी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको​ सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ । गत वर्ष २०२१ सेप्टेम्बर ३० मा अघिल्लो सूचि सार्वजनिक भएयता अडानीले हरेक दिन १६ अर्ब १२ करोड भारु कमाएको पाइएको छ ।  यस अवधिमा अम्बानीको दैनिक कमाई भने २ अर्ब १० करोड भारु थियो । अडानीको सम्पत्ति एक वर्षमा ११६ प्रतिशतले बढोत्तर भएको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ । अघिल्लो सूचीमा अम्बानी पहिलो स्थानमा थिए भने अडानी...
शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्री यादवको आग्रह

ब्यानर समाचार 2, समाचार
 शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बोधमायाकुमारी यादवले  शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गर्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरह...
अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

अपडेट : कपन आगलागीमा मृतकको संख्या ३ पुग्यो

ब्यानर समाचार 2
बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा बुधवार साँझ   गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । मृतकको पहिचान खुलेको छैन् । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् ।
निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई  जरिवाना

निर्वाचनमा खर्च विवरण नबुझाएका जनप्रतिनिधिलाई जरिवाना

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही रु पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्र...
काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

काठमाडौँ महानगरले बाह्य विज्ञापनमा लगायो रोक

ब्यानर समाचार 2
राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।  उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । ...
अमेरिकाले स्विकारेको थियो , बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं

अमेरिकाले स्विकारेको थियो , बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं

ब्यानर समाचार 2, विचार
नेपाल प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । अमेरिकी राष्ट्रपतिले भारतका जवहरलाल नेहरुलाई- २०२२ सालमा भारत धार्मिक स्वतन्त्रता भएको देश भएको हुनाले 'विश्वमै नेपाल मात्र 'हिन्दुराष्ट्र हाे' भनेका थिए ! नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ। विक्रम संवत् १८०० देखि गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट हिमवत्खण्ड नेपालका हिन्दु राज्य बचाएर, लगभग ५४ हिन्दु राज्यहरु एकीकृत गरेर त्योबेलादेखि नेपाल 'विश्वको एकमात्र हिन्दु अधिराज्य स्थापितको सिर्जना गरेका थिए। अंग्रेजहरु अन्य मुलुकमा पस्दा पहिलो व्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे। नेपालमा पनि व्यापार, बुलेट...
अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी  मनाइँदै

अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
नेपालमा  सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । यस अवसरमा आज मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाले विभिन्न कार्यक्रम गरी विश्व शान्तिका लागि माग गर्ने भएका छन् । विश्व शान्तिका लागि व्यक्तिदेखि शान्तिको सुरुआत हुनुपर्ने र त्यसको वातावरण प्रत्येक देशले बनाउनुपर्ने माग गरिँदै आएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्...
सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

सूर्यविनायक नगरपालिकाले थाल्यो खाद्य अनुगमन अभियान

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । दसैँ नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजदेखि सुरु भएको बजार अनुगमन गरी पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर...
काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

काठमाडौँमा चाडपर्व सुरक्षा योजना–२०७९ जारी : तीन हजार तीन सय ४३ प्रहरी परिचालन

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं । चाडपर्वको समयमा देशको  राजधानी काठमाडौँको लाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो । प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न...
सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको  थियो । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो। दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको बताइएको छ । सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाच...