Thursday, March 19
Shadow

ब्यानर समाचार 2

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असोज ३० विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो। अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ। विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भए...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...
विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्यानर समाचार 2, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएक...