Friday, February 27
Shadow

ब्यानर समाचार 2

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तु — नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय रूपमा होमिएका छन् । पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रुपा विकले लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि शाहलाई विजयी गराउन आवश्यक रहेको बताइन् । “कपिलवस्तु–३ को विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका लागि सक्षम र सक्रिय नेतृत्व चाहिन्छ, त्यो क्षमता अभिषेक शाहमा छ,” उनले भनिन् । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी गर्दै सबै कार्यकर्ता चुनाव केन्द्रित भएको बताए । “यो निर्वाचन केवल उम्मेदवारको जित–हारको विषय होइन, यो लोकतान्त्रिक मूल्य र विकासको दिशाको ...
कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन

कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फागुन ५ नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेंद्र कुमार कनोडियाको घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्।नेकपा एमालेका उमेदवार कनोडिया क्षेत्रका विभिन्न गांउमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा आज नेकपा एमालेकका उम्मेदवार कनोडियाको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कनोडियाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास र महिलाको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाएका हुन्। घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको ...
शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताए 

शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताए 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , फल्गुन १  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताउनुभयो । संविधान निर्माण र संघीयता कार्यन्वयनपछि राज्य र हाम्राे क्षेत्रमा समेत पुल पुलेसाे , सडक , स्वास्थ्य चाैकी लगायत आधारभुत सेवा प्रवाहमा संतोषजनक प्रगति भएकाे छ । संविधानसभा निर्वाचनका बेला स्थानीय तह जनप्रतिनिधि विहिन थियाे र त्याेबेला संविधानसभा सदस्यले पाउने बिकास रकम धेरै नै कम थियाे त्यही कारण सबै क्षेत्र समेट्न सक्ने आवस्था थिएन । तर स्थानीय निर्वाचनपछि पचिसौं बर्षदेखि कर्मचारीकाे हातमा रहेकाे बिकास याेजना जनप्रतिनिधिहरुले चलायमान बनाए । संसदीय बजेट पनि बढेपछि झन बिकास निर्माणका कार्य भएका हुन । तर पनि जनताकाे भावना अनुरुप बिकास हुन सकेकाे छैन । जसकाे मुख्य कारण देशमा राजनीतिक अस्थिरता । केन्द्रमा सरकार जुनपनि दलकाे भएपनि...
काेपिया परियाेजनाबारे सर्वेक्षण शुरु

काेपिया परियाेजनाबारे सर्वेक्षण शुरु

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , माघ २५ । लुम्बिनीका विभिन्न जिल्लामा कोपिया परियोजनाबारे फिल्ड सर्वेक्षण शुरु भएकाे छ। लुम्बिनी प्रदेशकाे रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा लुम्बिनीमा कोपिया परियोजना कार्यान्वयनका लागि जिल्लागत सर्वेक्षण शुरु भएकाे परियाेजनाकी प्रमुख डा. पल्लबी कुमारी सिंह ले जानकारी दिनुभएकाे छ। NARC ले अन्नबालीमा धानलाई प्राथमिकतामा राखेर कुल ३ वर्षकालागि विकसित प्रजातिहरूको एकीकरण, गुणस्तरीय बीउ उत्पादन मा फाेक्स हुनेछ साथै कम ग्लाइसेमिक सूचकांक भएको धानको प्रजाति पहिचान गर्ने तथा साे बारेमा जागरूकता सिर्जना गर्ने मुख्य उद्देश्य रहेकाे प्रमुख सिंह ले बताउनुभयाे । अहिले लुम्बिनी प्रदेशकाे तीनवटै जिल्लामा आधारभूत सर्वेक्षण भइरहेको छ। कपिलवस्तु जिल्लासमेत समेटिएकाले धानका पाकेट क्षेत्रहरुमा अध्ययन अनुसन्धान प्रक्रिया अघि बढसकेकाे छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र राष्ट्रिय ग...
वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय 

वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय 

ब्यानर समाचार 2, समाचार
  दैलेख, माघ २५ नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता बढी रहेको बताए। पाण्डेयले विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै स्कुलको शैक्षिक गुणस्तर विकासको लागि सधैं प्रतिबद्ध रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि शिक्षालय संचालिका लता पाण्डेयको गरिमा मय आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्त बहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षकहरूले प्राविधिक क्षेत्रमा आउने चुनौती र अवसरहरूबारे विद्य...
कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै 

कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै 

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, माघ १७ कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत र तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरूलाई विदाई गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिका–४, मा आयोजित कार्यक्रममा खेलकुद सप्ताहमा प्रथम, द्वितीय र तृतीय हुन सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए। २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २८ वर्षको सफल यात्रा पूरा गरिसकेको छ। प्रतिष्ठानमा हाल एच.ए., फार्मेसी, फिजियोथेरापी, ल्याब टेक्निसियन र अमिन विषयको अध्यापन हुने गरेको छ। प्रतिष्ठानले यस अवधिमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी स्वास्थ्य र प्राविधिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। कार्यक्रममा नयाँ विद्...
भन्सार कार्यालय कृष्णानगरले मनायो ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस

भन्सार कार्यालय कृष्णानगरले मनायो ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, १२ माघ भन्सार कार्यालय कृष्णानगरले ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस एक कार्यक्रम गरि मनाएको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरेको छ । बढी राजस्व बुझाएर राज्यको आम्दानी वृद्धिमा योगदान र्पुयाएको भन्दै कपिलवस्तुको बिजया स्टील प्रालि र दाङको सम्राट सिमेन्ट प्रालिलाई प्रशंसा पत्रसहित एक भब्य कार्यक्रका विच आज सोमवार सम्मान गरिएको छ । कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिजया स्टील प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको उल्लेख गर्दै दुबै उद्योगको योगदान प्रशंसनीय रहेको बताएका छन् । प्रजिअ गौतमले भन्सार प्रणाली क्रमशः प्रविधिमैत्री बन्दै गएकाले व्यवसा...
युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान

युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, पुस २५  नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य सहभागिता जनाइएको हो । “पार्टीभित्र युवाहरूको सक्रिय भ...
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको वनभोज कार्यक्रम सम्पन्न 

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको वनभोज कार्यक्रम सम्पन्न 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , पुस १९ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा आज बाणगंगा नगरपालिका वडा नं ७ को खारखानी दिलपार्कमा आज व्यवसायी भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथिमा वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्याल , विशिष्ट अतिथिमा वाणगंगा नगरपालिका का नगर प्रवक्ता बिष्णु पौडेल, वडाध्यक्ष बिष्णु गिरी , अतिथिमा लायन्स क्लब आफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल , नेपाल औषधि तथा पशुपंक्षी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष युवराज घिमिरे रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चक्रपाणि अर्यालले कार्यक्रम सफलताको शुभकामना दिदै होटल तथा पर्यटन व्यवसाय तथा जलस्रोतको अधिकतम उपयोगले मात्र देशको विकास हुने बताए। जिल्लाका होटल तथा पर्यटन व्यवसायी हरूको भेटघाट तथा आन्तरिक तथा वाह्य पर्यटन लाई बढावा दिने तथा एकता, सहकार्य र आत्मीयताको सेतु ज...
चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

ब्यानर समाचार 2, समाचार
अजय मिश्र,चन्द्रौटा, १२ पुस  दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो । जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ आकर्षण र फरक अनुभव पाउने आयोजकको भनाइ छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा ...