Saturday, November 22
Shadow

ब्यानर समाचार 2

आफन्त नेपालद्वारा विद्यालय–स्तरीय सचेतना अभियान, सयौँ विद्यार्थी लाभान्वित

आफन्त नेपालद्वारा विद्यालय–स्तरीय सचेतना अभियान, सयौँ विद्यार्थी लाभान्वित

ब्यानर समाचार 2, समाचार
  कृष्णानगर, मंसिर ४ मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपाल ले विद्यालय–स्तरीय सचेतना अभियानलाई व्यापक रुपमा संचालन गरिरहेको छ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ, जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले यस उमेर समूहका बालबालिकाले सही जानकारी, ज्ञान र पहिचान कौशल हासिल गर्न आवश्यक रहेको शाखा प्रमुख बिपना सुनार बताउँछिन्। उनका अनुसार पछिल्ला वर्षहरूमा किशोर–किशोरीहरूबीच अनियोजित यात्रा, मोबाइल तथा इन्टरनेटको गलत प्रयोग, झुटो रोजगारको प्रलोभन लगायत मुद्दा तीव्र रूपमा देखा परिरहेका छन्, जसले उनीहरूलाई मानव बेचबिखन र विभिन्न प्रकारका हिंसामा फसाउने जोखिम बढाएको छ। तौलिहवा, बुद्धभूमि र कृष्णनगरक...
कृष्णानगर बजार सरसफाइमा अध्यक्ष रितेश शर्मा द्वारा व्यापारीलाई डस्टबीन उपहार 

कृष्णानगर बजार सरसफाइमा अध्यक्ष रितेश शर्मा द्वारा व्यापारीलाई डस्टबीन उपहार 

ब्यानर समाचार 2, समाचार
कृष्णानगर, कार्तिक २७ कपिलवस्तुको दक्षिण पश्चिममा रहेको मुख्य व्यापारिक केन्द्र कृष्णानगर बजार लाई फोहोर मुक्त बनाउन उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले कृष्णानगर बजारका व्यापारी लाई डस्टबीन उपहार दिएका छन्। सरसफाइ हामी सबैको दायित्व बोध गराउन शर्माले कृष्णानगर बजारका अधिकांश व्यापारी लाई पसल बाट निस्केको फोहोर डस्टबिनमा राखेर उचित व्यवस्थापन  गर्न अनुरोध गरेका छन्। साथै उहांले बजार सफा र सुन्दर बनाउन सबैको दायित्व रहेको बताउदै सरसफाइ बाट विभिन्न किसिमका रोग बाट समेत बच्न सघाउ पुर्याउने बताए। बजारमा सार्वजनिक सौचालय व्यापारी हरूका लागि निःशुल्क गर्नुपर्ने माग समेत उठेको छ। जाडोयाम लागेपछि नेपालको ज्याकेट, कास्मेटिक सामान लगायत अन्य सामान  भारतीय हरू किनमेल गर्न नेपाल आउदां नेपालको व्यापार बढ्ने समेत देखिन्छ र सुन्दर र सफा बजार बनाउन सके उपभोक्ता हरूको मन लोभिने स्...
शान्ति पुनर्स्थापना गृहको ७५३९ जना लाई परामर्श तथा ३७३ जनाको उद्घार 

शान्ति पुनर्स्थापना गृहको ७५३९ जना लाई परामर्श तथा ३७३ जनाको उद्घार 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , कार्तिक १७  जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेकाे छ । कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानहरुबारे जानकारी गराएकाे थियाे । आर्थिक बर्ष २०८१/०८२ मा शान्ति पुनर्स्थापना गृह शाखा कपिलवस्तुले जिल्ला भरिबाट भारत लगायत अन्य मुलुकबाट परामर्श मार्फत उद्धार गरिएका चेलीबेटी ७५३९ छन भने उद्धार गरिएका ३७३ जना रहेका छन । त्यसतै ५ जनामाथि मुद्दा दर्ता समेत गरिएकाे कपिलवस्तु शाखाका प्रमुुख दिनेश तिमिल्सिना ले बताउनुभयाे । शान्ति पुनर्स्थापना गृहकाे कपिलवस्तु जिल्लामा कृष्णनगर शाखा, मर्यादपुर सम्पर्क कार्यालय , चाकरचाैडा सम्पर्क कार्यालय र चन्द्राैटामा सम्पर्क कार्यालय मार्फत कार्यसम्पादन गर्दै आ...
कृष्णनगरको दशगजामा बृहत सरसफाई

कृष्णनगरको दशगजामा बृहत सरसफाई

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णानगर असोज, २५ कृष्णनगरको दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा  सरसफाई गरिएको हो । सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए । सामाजिक काममा हाम्रो पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक ईश्वर लौडारीले बताउनुभयो। सरसफाई लगाएत अन्य सामाजिक...
सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु ,असोज २० सशस्त्र प्रहरी बल नेपालको सुचनाको आधारमा सशस्त्र प्रहरी गुल्म कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले राजस्व अनुसंधान कार्यालय वुटवलको टोलीको सहयोगमा शिवराज नगरपालिका वडा नं ५ कटनिया स्थित स्थानियको घरमा स्टोर गरि राखेको २३ बोरा (कट्टा ) अन्दाजी १६ लाख बराबरको अबैध कपडा बरामद गरि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ । उक्त स्थानमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट प्रमुख अनुसंधान अधिकृत र उपवचित सुवास श्रेष्ठ सहितको सशस्त्र प्रहरी बल राजश्व सुरक्षा वेस वुटवलबाट समेत टोली खटि आएको थियो।...
कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, असोज ७ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको बताए। यस कक्षले चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई सुरक्षित र सहज यात्राको वातावरण प्रदान गर्नेछ। साथै, इलाका प्रहरी कार्यालय कृष्णनगरले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन चार जना प्रहरीलाई बाइकसहित परिचालन गरेको जानकारी दिएको छ। यी प्रहरीहरू चाडपर्वका बेला सुरक्षा सुनिश्चित गर्न निरन्...
सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा भन्सार छलि गरेको दुईलाख भन्दा बढीको कपडा बरामद

ब्यानर समाचार 2, समाचार
कृष्णानगर, असोज ५ कपिलवस्तु जिल्लाको कृष्णानगरमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थान बाट लाखौंको राजस्व छलिको सामान बरामद गरेको छ। कृष्णानगरको व्यारिएर चेक पोस्टमा चेक जांच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डममा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान गरि कुल जम्मा दुई लाख ६१ हजार बराबरको कपडा पक्राउ गरेको छ। पक्राउ गरेको सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिएका छन्।...
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६औं  कपिलवस्तु महाेत्सव हुने

बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६औं  कपिलवस्तु महाेत्सव हुने

ब्यानर समाचार 2, समाचार
  जीतपुर , कपिलवस्तु साउन २६     कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने  महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले जनाए । तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । १६ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरणमा वेयरफेयरले महोत्सवलाई चुनौतीपुर्ण समयमा निरन्तर...
सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सुख्खा संकटबीच सर्लाहीको धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

ब्यानर समाचार 2, समाचार
  साउन १३ गते  सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा आज बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुने गरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने भएको छ। यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पुर्‍याउन यो कदम चालिएको उल्लेख छ। गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको प्रत्यक्ष प...
थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न

ब्यानर समाचार 2, समाचार
  बाँके , नेपालगञ्ज – थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा मा पछि पार्दै बिश्व च्याम्पियन बनेका छ्न । उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छ्न । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राखेका छ्न । करण वाडिया सङै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज ७ डिएसपी रोड का मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल भएका छन । साथै ७६ किलो तौलमा पुरुषतर्फ नेपालगन्ज २ घरवारीटोल का सन्तोष काजी शाक्यले सिलवर मेडल जित...